संकल्प मिडिया सेन्टरद्वारा संचालित

उद्यम विकास बचतको साधारण सभा सम्पन्न

  •   काठमाडौं
  •   १२ आश्विन २०७६, आईतवार
  •   त्रिबेणी

पनौति/गत शनिबार उद्यम विकास बचतको १२ औ बार्सिक साधारणसभा सम्पन्न भएको छ । सभामा प्रमुख अतिथी बसुन्धरा हुमागाइ रहेका थिए भने विशिष्ट अतिथी नगर प्रमुख भिम न्यौपाने, जिल्ला सहकारी संघका सचीव दिलिप शर्मा, सुगन्ध साकोस बनेपा का अध्यक्ष कुमार मैनाली रहेका थिए । कार्यक्रममा सचीवको प्रतिबेदन सचीव रिसिराम सापकोटाले पेश गरेका थिए भने काषाध्यक्ष बिमल कार्कीले आर्थीक प्रतिवेदन पेस गरेका थिए । साथै आगामी आर्थीक बर्षका लागि रोसन कुमार श्रेष्ठ को नेतृत्व मा ९ सदस्यीय समिति निर्बिरोध निर्बाचित भएको छ । ३ सदस्य लेखा समिती साथै उक्त कार्यक्रम मा सारथि नामक पुस्तक तथा सहकारी सम्बन्धि लेख रचना नियमित प्रकाशित गर्नु हुने दिलिप शर्मा लाई सम्मान गरिएको थियो । साथै, उत्कृष्ट लघुबित समूह, बाल बचत, खुक्रुके बचत र नियमित बचतकर्ताहरुलाई पुरस्कार वितरण कार्यक्रम सञ्चालिका सबिता थापाले गरेका थिए ।