त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

ईलाका प्रहरी कार्यालय बनेपामा नँया प्रहरी प्रमुख आएसँगै कायापलट

  •   काठमाडौं
  •   ७ श्रावण २०७७, बुधबार
  •   त्रिबेणी

बनेपा । प्रहरीको मुख्य कार्य भनेको अपराध र भयमुक्त समाजको निर्माण गर्नु हो । ईलाका प्रहरी कार्यालय बनेपाको मातहतमा काभ्रेको ३ वटा स्थानिय निकाय रहने गर्दछन् । जसमा बनेपा र पनौति नगरपालिका र बेथानचोक गाँउपालिका रेहेको छ । यी स्थानिय निकायमा बेला बेलामा अपराधिक गतिविधि भई नै रहन्छन् । जसमा प्रहरीको भुमीका उच्च देखिने गरिएको छ । प्रहरीको सक्रियता अपराधलाई कुन किसिमले लैजाने भन्ने कुराको निर्णयबाट नै निर्धारण हुन्छ । ईलाका प्रहरी कार्यालय बनेपामा प्रहरी प्रमुखमा प्रहरी निरीक्षक पद रहने गर्दछ । जसको लगभग १ बर्षको वीचमा सरुवा हुने नियम रहेको छ ।
यतिबेला ईलाका प्रहरी कार्यालय बनेपामा प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले निभाईरहनु भएको छ । तिमिल्सिना काभ्रे जिल्लामा २०७६ साल पुष ९ गतेदेखि कार्यरत रहनुभएको हो । आफ्नो कार्यकालमा कुनै पनि अपराधिक गतिविधिलाई सम्झौता नगर्ने तिमिल्सिनाले धेरै भन्दा धेरै अपराधलाई नियन्त्रण गरेका छन् । जसमा लागुऔषध नियन्त्रणका ४, जुवा अन्तर्गतको १, चोरी अन्तर्गतको ५, ठगि अन्तर्गतको १ र अन्य मुद्दाहरु गरी ८१ वटा मुद्दामा सफल कार्य गर्नुभएको छ । यस अगाडि कुन स्थानमा बढि अपराधिक गतिविधि हुने गर्दथ्यो बुुझेर त्यस्ता स्थानमा प्रहरी परीचालन समेत गर्नुभएको छ । लकडाउनको अवधि भरिमा ७७९ सवारी साधनलाई नियन्त्रणमा लिई कार्बाही गर्नुका साथै ९०० जना पैदलयात्रीलाई नियन्त्रणमा लिई सचेतना प्रदानगरी छाडिएको थियो । यसका साथै ईलाका प्रहरी कार्यालय बनेपाले सिर्जशील एंव लगनशील कार्यहरुमा समेत आफ्नो क्रियशिलता देखाएको छ ।

जसमा प्रहरी प्रधान कार्यालय अन्तर्गतको प्रहरी सँग एक दिन, सामुदाय प्रहरी साझेदारी कार्यक्रम, लकडाउनको अवधिमा सिमा नाकाको चकजाँचमा कडाई, माईकिङ, माक्स, पञ्जा, पर्चा, बितरण गरी विशेष भुमिका समेत निर्वाह गरिएको छ । स्थानिय तह र स्वास्थ्य संस्थाहरुसँग समन्वय गरी क्वारेन्टिन ब्यवस्थापन, कन्ट्याक ट्र्ेसीङ, आर.डि.टि. र पि.सि.आर. परीक्षणको लागि समन्वयात्मक भुमिकासमेत प्रहरीले निर्वाह गरेको छ । तिमिल्सिना आएपछि मात्रै अबैध घरेलु मदिरा नियन्त्रण अभियाननै चलाएर ८००० लिटर घरेलु मदिरा नष्ट गरिएको छ । नेपाल सरकारले गरेको लकडाउनको समयमा बिभिन्न स्थानबाट आई अलपत्र परेका ७०० जना पैदल यात्रीहरुलाई खानाको लागि समन्वय गर्दै उद्दारगरी गन्तब्यतर्फ पठाईएको समेत थियो ।
यस कार्यलाई हेर्दै गर्दा विशेष कार्यहरुमा भने प्रहरीको सक्रियता काभ्रेमा पछिल्लो समयमा बढेको भन्ने कुराको उदाहरण भने पछिल्लो समयमा देखिन्छ । तिमिल्सिना काभ्रे आएसँगै पनि काभ्रेमा पहिलो पटकमै भन्सार छलि गरेर ल्याईएको ३० वटा मोबाईलफोन बरामद गरिएको थियो । त्यसका साथै, काभ्रेमा विगतका दिनमा हुदै आएका तर, धेरै स्थानियलाई थाहासम्म पनि नभएको अवस्थाको यौन धन्दा गर्ने ३ वटा होटल व्यवसायलाई समेत तिमिल्सिनाले कार्बाही गरेका छन् । विभिन्न समयमा योजनाबद्धरुपमा हुने चोरीलाई काभ्रे जिल्लामा भएको र आफ्नो क्षेत्रमा भएको समेतलाई अन्य क्षेत्रमा गएर समेत पक्राउ गर्न सफल निरीक्षक हुन योगेन्द्र तिमिल्सिना ।
अन्य क्षेत्रका सन्धर्भमा सबैसँग राम्रो सम्बन्ध बनाउन चाहाने, सम्बन्ध राख्न रुचाउने तिमिल्सिना अपराधको सन्धर्भमा भने कसैको कुरा नसुन्ने गरेको उनका नजीकका प्रहरीहरुको भनाई रहेको छ । यति हुदा हुदै पनि अपराध न्यूनीकरणमा यो सबै गतिविधि प्रत्यक्ष हेरिरहेका अपराधिक मानसिकता भएका व्यक्तिहरु समेत तिमिल्सिनाको कार्यले अपराध गर्नबाट एक कदम पछाडि हटेका छन् फलस्वरुप यतिबेला काभ्रेको बनेपा, पनौती र बेथानचोकमा अपराधिक क्रियाकलाप घट्दो दरमा रहेको जानकारवालाहरु बताउछन् ।

थप