संकल्प मिडिया सेन्टरद्वारा संचालित

इलाममा देखियो विश्व चकित हुने यस्तो अनौठो दृश्य

  •   काठमाडौं
  •   १५ भाद्र २०७६, आईतवार
  •   त्रिबेणी

 कहिलेकाँही हाम्रा वरपर यस्ता घटनाहरु घट्छन् जसलाई विश्वास गर्न गाह्रो हुन्छ । हामीले विश्वास गर्न गाह्रो माने पनि वास्तवमा ति घटनाहरु सत्य भने हुन्छन् । यस्तै एक घटना इलाममा भएको छ ।

माइ नगरपालिकामा श्रीमान श्रीमतीको एकै दिन कालगतीले मृत्यु भएको छ । इलाम निवासी ९३ वर्षिय डिल्ली ब.थापा र ८७ वर्षिया तोरन कुमारी थापाको एकै दिन ज्यान गएको हो ।

६ घन्टाको फरकमा निधन भएको उनका आफन्त दिलीप थापाले जानकारी दिए । दुवैलाई एउटै चितामा राखेर दागबत्ती दिइएको थियो । कालगतीले श्रीमान श्रीमतीले एकै पटक ज्यान जानु अनौठो घटना मानिन्छ । सामान्यतया जोडिहरुले सँगै जिउँने र सँगै मर्ने कसम खाने गर्दछन् ।

तर सबैलाई यो सौभाग्य मिल्दैन । कुनै दुर्घटनामा ज्यान जानु फरक कुरा हो तर यसरी मृत्यु विश्वमा विरलै हुने घटना हुन् । हामी के भन्न सक्छौं भने इलाममा जे भयो त्यो नेपालमा मात्रै नभई विश्वभर नै दुर्लभ रुपमा हुने घटना हो ।