संकल्प मिडिया सेन्टरद्वारा संचालित

इन्डोनेसियामा शक्तिशाली भूकम्प

  •   इन्डोनेसिया
  •   २० जेष्ठ २०७६, सोमबार
  •   एजेन्सी

इन्डोनेसियिाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.० म्याग्नीच्युडको भूकम्प गएको छ । यहाँको मौसम तथा भू–गर्भ विभागका अधिकारीहरुले सो जानकारी दिएका छन्  ।  यस भूकम्पपछि सुनामीको भने कुनै सुचना नदिएको सो विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार अपराह्न १२ः५७ मा भूकम्प आएको थियो ।


सो भूकम्पको केन्द्रविन्दु निआज सुलातानबाट ३० किलोमिटर दक्षिणपश्चिममा समूद्र सतहबाट ३० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।  यस भूकम्पछि धनजनको क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । इन्डोनेरियामा बारम्बार भूकम्प र ज्वालामूखि जस्ता प्रकोपले सताउने गरेको पाइन्छ ।