संकल्प मिडिया सेन्टरद्वारा संचालित

आत्महत्या नभएर डा. पायलको हत्या भएको वकिलको दाबी

  •  
  •   १६ जेष्ठ २०७६, बिहीबार
  •  

एजेन्सी /डा. पायल कडवीले आत्महत्या गरेको नभइ उनको हत्या भएको उक्त मुद्दामा पैरवी गर्ने वकिलको दाबी छ । बरिष्ठ चिकित्सकहरुबाट पटकपटक जातीय दुर्व्यवहारपछि आत्महत्या गरेको भनिएकी पायलको शव नायर अस्पतालको होस्टेलमा मे २२ मा फेला परेको थियो ।

पोस्टमार्टम रिर्पोटमा पायलको घाटीमा भेटिएको चोटको निशानले पायलको हत्या भएको दाबी पायलको परिवारका वकिल नितिन सतपुतेले अदालतसमक्ष प्रस्तुत गरेका हुन् । यस मामिलामा बुधबार अदालत पेश गरिएका तीन आरोपी चिकित्सक हेमा आहुजा, भक्ति मेहर र अंकिता खन्डिलवाललाई बिहीबारसम्म पुलिस हिरासतमा राख्न आदेश भएको छ ।
पायल सन् २०१८ देखि नायर अस्पतालमा रेजिडेन्ट डाक्टरका रुपमा कार्यरत थिइन् । आरक्षित कोटामा प्रवेश गरेका कारण उनीभन्दा वरिष्ठ चिकित्सकले लामो समयदेखि उनीमाथि निरन्तर जातीय दुर्व्यवहार गर्दै आएको र त्यहीकारण छोरीले आत्महत्या गरेको आमा अवेदाको आरोप छ ।