संकल्प मिडिया सेन्टरद्वारा संचालित

आत्मघाती गोल उपहार दिदाँ चेल्सी बराबरीमा रोकियो

  •   काठमाडौं
  •   १५ भाद्र २०७६, आईतवार
  •   एजेन्सी

आत्मघाती गोलमा लण्डन क्लब चेल्सीले प्रिमियर लिग फुटबलमा बराबरी खेलेको छ ।

शनिबार घरेलु मैदानमा भएको खेलमा चेल्सीले नवप्रवेशी क्लब सेफिल्ड युनाईटेडसंग २–२ गोलको बराबरी खेलेको हो । सुरुवाती २–० को अग्रतालाई जोगाउन नसक्दा लण्डन क्लब चेल्सीले अंक बाँड्न बाध्य भयो ।

खेल सकिन एक मिनेट अगाडी कर्ट जुमाले आत्मघाती गोल गरेपछि चेल्सीले अंक बाँड्न परेको हो । चेल्सीका लागि टमी अब्राहमले दुई गोल गर्दै घरेलु टोलीलाई जितको नजिक पु¥याएका थिए । सेफिल्डका कालम रोविन्सनले एक गोल फर्काए ।

चेल्सीले १९ औ मिनेटमा अब्राहमको गोलबाट अग्रता बनाएको थियो । ४३ औ मिनेटमा अब्राहमले लण्डन क्लबको अग्रता दोब्बर पारे । ४६ औ मिनेटमा पाहुना टोलीका तर्फबाट रोविन्सनले एक गोल फर्काए । ८९ औ मिनेटमा चेल्सीले आत्मघाती गोल गरेको थियो ।

चेल्सीले ४ खेलबाट ५ अंक जोड्दै तालिकाको नवौं स्थानमा छ । सेफिल्ड ५ अंक सहित आठौं स्थानमा छ ।