संकल्प मिडिया सेन्टरद्वारा संचालित

आज कुशे औंशी, पवित्र वनस्पति कुश ग्रहण गर्नुका साथै पिताको सम्मान गरी मनाइँदै

  •   काठमाडौं
  •   २३ भाद्र २०७५, शनिबार
  •   त्रिबेणी

आज कुशे औंशी, घरघरमा पवित्र वनस्पति कुश ग्रहण गर्नुका साथै जन्म दिने पिताको सम्मान गरी पर्व मनाइँदै छ ।

भाद्र कृष्णपक्षको औँशी तिथिलाई कुशेऔँशी भन्ने गरिन्छ । यस दिन देवकार्य र पितृकार्यमा नभइ नहुने कुश ग्रहण गरिन्छ । विधिपूर्व काटेर घर भित्र्याइएको कुश वर्षभरि प्रयोग गर्न सकिने विधान छ । कुश पवित्र वनस्पति हुनुका साथै रोगकीरा भगाई वातावरण शुद्ध राख्नसमेत प्रयुक्त भएको पाइन्छ ।

यस पर्वलाई बुबाको मुख हेर्ने दिनका रुपमा पनि मनाउने गरिन्छ । यस अवसरमा पितासँग भेटघाट गर्ने, उपहार दिने र मीठा परिकार खुवाउने गरेर पिताको सम्मान गरिन्छ । पिता दिवंगत भएका सन्तानले पितृमोक्षको कामना गरी पितृतर्पण दिई श्राद्ध गर्दछन् ।