संकल्प मिडिया सेन्टरद्वारा संचालित

आजको मौसम खराब, हावाहुरीसहित पानी पर्ने

  •  
  •   ३० बैशाख २०७६, सोमबार
  •  

काठमाडौं । आज(सोमबार)को मौसम खराब देखिएको छ । मौसमविद्हरुले आज देशभर मेघगर्जनसहित पानी पर्ने र तराईमा हावाहुरी चल्ने जनाएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा दिनभर बादल लाग्नेछ । पश्चिम, मध्य तथा पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना छ । मौसम पूर्वानुमान महाशाखाले पूर्वी तराईमा हावाहुरी चल्ने सम्भावना रहेकाे जनाएको छ ।