संकल्प मिडिया सेन्टरद्वारा संचालित

आईसीसी क्रिकेट वल्र्ड कप २०१९ : इंल्याण्डलाई पहिलो झट्का

  •  
  •   १६ जेष्ठ २०७६, बिहीबार
  •  

एजेन्सी/आईसीसी क्रिकेट वल्र्ड कप २०१९ को उद्घाटन म्याच इंल्याण्ड र दक्षिण अफ्रिकाबीच लण्डनका ‘के द’ ओवल मैदानमा भइरहेको छ ।
साउथ अफ्रिकाले टस जितेर पहिलो बलिङको फैसला गरेका छन् भने इंग्ल्याण्डलाई ब्याटिङको निम्तो दिएका छन् । इंग्ल्याण्डबाट इयोन मॉर्गन (कप्तान), जेसन रॉय, जो रूट, जॉनी बेयरस्टो (विकेटकीपर), मोइन अली, बेन स्टोक्स, जोस बटलर, जोफरा आर्चर, लियाम प्लंकेट, आदिल राशिद, क्रिस वोक्स रहेका छन् ।
दक्षिण अफ्रीकाबाट फाफ डु प्लेसिस (कप्तान), हाशिम अमला, एडिन मार्कराम, क्विंटन डि कॉक (विकेटकीपर), जेपी डुमिनी, रासी वैन डेर डुसैन, कैगिसो रबाडा, लुंगी एनगिडी, इमरान ताहिर, एडिल फेहलुक्वायो, ड्वयान प्रीटोरियस सहभागी छन् ।