संकल्प मिडिया सेन्टरद्वारा संचालित

आईतबार सार्वजनिक विदा दिने सरकारको निर्णय

  •   काठमाडौं
  •   २४ आश्विन २०७६, शुक्रबार
  •   त्रिबेणी

चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने नेपाल भ्रमणका लागि आउने भएपछि आइतबार पनि विदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारका निर्णय सार्वजनिक गर्दै राष्ट्रपति सीको सुरक्षको लागि विदा दिने निर्णय गरेको बताए ।

राष्ट्रपति सी भारतको तामिलनाडुको राजधानी चेन्नईबाट २५ असोजको अपरान्ह काठमाडौं आएर भेटघाट शुरु गर्ने कार्यसूची रहेको छ । एक रात नेपालमा रहने सी २६ असोजको विहान बेइजिङ प्रस्थान गर्नेछन् ।