त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

आँधी तुफान २ को छायाँकन तयारीसँगै गीत रेकडिङ सुरु

  •   काठमाडौं
  •   १४ श्रावण २०७७, बुधबार
  •   त्रिबेणी

बनेपा । विगत लामो समय अगाडि स्रोताले रुचाएका चलचित्र आधि तुफानको सिक्वेल निर्माण हुने भएको छ । २०६१ सालमा बनेको अाँधी तुफानका लेखक तथा निर्माता मौनता श्रेष्ठले नै अहिले यस चलचित्रको दोस्रो सिक्वेल ल्याउने भएका छन् । श्रेष्ठका अनुसार अहिले गीत रेकडिङ र प्रिप्रोडक्सन कार्यभईरहेको छ ।
फिल्मका लागि हरि उप्रेतीको शब्द र विकास चौधरीको संगीतमा एक गीत सोमबार रेकर्ड भईसकेको छ ।
यस अगाडि चर्चीत एक्सन चलचित्र आँधी तुफानमा तीन अभिनेत्री पुजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछानेलगायतको मुख्य भूमिका रहेको थियो । यही कलाकार राख्न खोजेतापनि लामो समयपछि संभावना नहुने भएकाले नवकलाकारहरुलाई ल्याईने श्रेष्ठले जानकारी दिए । सत्यघटनामा आधारित रहेर निर्माण हुने फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।
चलचित्रको केहि दिनमै कलाकार र निर्देशक सार्वजानिक गर्ने योजना निर्माण युनिटले बनाएको छ ।

थप