संकल्प मिडिया सेन्टरद्वारा संचालित

अश्लिल भिडियाे व्यापार लागि चीनमा यौनदासी बनाइन्छन् ‘उत्तर कोरियाली महिला’

  •  
  •   ७ जेष्ठ २०७६, मंगलवार
  •  

एजेन्सी । पछिल्लोसमय उत्तर कोरियाली महिलाहरुलाई छिमेकी चीन लगेर यौनकर्म गराइने गरेको खबर मानव हिंसाकाे एक डरलाग्दाे संकेत बनेकाे छ। यो विषयमा भइरहेको खोजका क्रममा लन्डनमा कोरिया फ्युचर इनिसियटिभ नामक अधिकारवादी संगठनले उत्तर कोरियाली महिला तथा बालिकाहरूलाई चीनमा यौन कार्य गराउन बाध्य गरिने खबर सार्वजनिक गरेको छ ।उत्तर कोरियालीहरूलाई अपहरण गरेर र यौनकर्मीका रूपमा बेच्ने र चिनियाँ पुरुषसँग बिहे गर्न बाध्य पारिने गरेको त्यो समुहले जनाएको हो ।

संगठनले चीनमा रहेका पीडित तथा दक्षिण कोरियामा पुगेका पीडितहरूबाट पीडितहरूबाट सङ्कलन गरिएका विवरणका आधारमा यो कुरा सार्वजनिक गरेको बताएको छ । १२ देखि २९ वर्ष उमेरका महिला -बालबालिकाहरुलाई चीनबाट या उत्तर कोरियाबाटै अपहरण या ललाई फकाइ गरेर चीन लगिने गरेको बताइएको छ । सो क्रममा चीन लगेको १ वर्ष भित्र उनीहरुलाई यौन दासीका रुपमा बेच्ने गरेको तथ्य खुलेको हो ।
यस्तो बेचबिखनको घटना ती मानव तस्करीहरुका लागि करोडौँ डलरको व्यापार हुने गरेको बताइएको छ । उनीहरुले किन्ने बेला-अपहरण या बिहे गरेर ल्याउने बेला) जम्मा एक हजार युआनमा ल्याउने र पीडितहरूलाई जम्मा ३० युआन वा करिब सवा चार डलर मा यौन व्यवसायमा लगाइने गरिन्छ ।

संगठनले सार्वजनिक गरेको प्रतिवेदनमा लेखक युन हि-सुनलका अनुसार त्यसपछि उनीहरुलाई विश्वव्यापी अनलाइन दर्शकका निम्ति साइबर यौन सञ्चालकहरू कहाँ पुर्‍याइन्छ । साइबर यौन उद्योगका लागि ती महिला तथा ९ वर्ष उमेर सम्मका बालिकालाई वेब क्यामेराको सामुन्ने यौन कार्य गर्न बाध्य पारिन्थ्यो। र ती भिडियो किन्नेमा सबै भन्दा बढी दक्षिण कोरियालीहरु रहेको बताइन्छ । यस्ता यौन भिडियो बनाउनका लागि ती महिलाहरुलाई जबरजस्ती गर्ने गरेको कुरा संगठनले सार्वजनिक गरेको हो ।
चीनमा धेरै आप्रवासी कामदारको सङ्ख्या छ त्यहाँको उत्तर-पूर्वी क्षेत्रमा रहेका वेश्यावृत्ति गराइने ठाउँहरूमा अधिकांशलाई दासको रपमा राखिन्छ। त्यहाँका हजाराैँ महला-बालिकाहरू याे कुकर्मबाट पीडित छन् ।