संकल्प मिडिया सेन्टरद्वारा संचालित

बालिका हत्याका आरोपीलाई थियो पाँच वर्षअघि आफ्नै छोरीमाथि बलात्कार गरेको आरोप

  •  
  •   २६ जेष्ठ २०७६, आईतवार
  •  

एजेन्सी । उत्तर प्रदेशको अलीगढमा अढाई वर्षकी बालिकाको हत्याको आरोपीमध्ये एक जना यसअघि आफ्नै सात वर्षकी छोरीसँग बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए । उनी जमानतमा थिए ।
प्रहरीले यसको जानकारी दिएको हो ।
यसअघि समाचार एएनआईसँगको कुराकानीमा बच्चीकी आमाले भनेकी थिइन् ,‘आरोपीहरु विरुद्ध कारबाही नगर्ने हो भने तिनको मनोबल झनै बढ्छ । एक आरोपीले आफ्नै चार वर्षकी छोरीसँग बलात्कार गरेका थिए । त्यस घटनापछि उनकी पत्नी बच्चीलाई लिएर आफ्नो माइती गएकी थिइन् । ’
प्रहरीका अनुसार ती बलात्कारका आरोपीविरुद्ध यस अघिका चार मुद्दामा कानुनी कारबाही जारी थियो । यसमा आईपीसीको धारा ३७६(बलात्कार), ३५४(महिलालाई अपमान गर्ने उदेश्यले आक्रमण) र ३६३(अपहरण) मुख्य थिए ।
उविरुद्ध सन् २०१४ मा आफ्नै छोरीसँग बलात्कारको उजुरी उसकै एक नातेदारले दर्ता गराएका थिए । सो इलाका हेर्ने प्रहरीका अनुसार उसलाई त्यसको केही महिनापछि जमानत प्राप्त भएको थियो ।
प्रहरीका अनुसार, आरोपी र उसको सहयोगी जाहिदले मे ३० को दिन अढाई वर्षीया बच्चीलाई उसको घरबाहिरबाट अपहरण गरेका थिए ।
हत्यापछि उसको शवलाई नालीमा फालिएको थियो । हत्याको कारण पैसाको लेनदेन रहेको बुझिएको छ । पैसाको विषयमा घटनाको तीन दिन आरोपी र बच्चीको हजुरबुवाबीच विवाद भएको थियो । बच्चीको शव तीन दिनपछि नालीमा भेटिएका थियो । शव भेटिदां सड्न लागेको अवस्थामा भेटिएका थियो । त्यस्तै जनावरद्वारा लुछिएको र क्षतविच्छद अवस्थामा थियो ।