त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

अराजक बन्दै काभ्रेका मार्चण्ड समुह, बिचारको राजनीति त्यागेर सांघातिक आक्रमणमा अग्रसर

  •   काभ्रे
  •   १० फाल्गुन २०७७, सोमबार
  •   सबिन घिमिरे

काभ्रेमा पछिल्लो समय संम्सद विघटन पस्चात प्रचण्ड -माधव समुहका कार्यकर्ताले गैर प्रजातान्त्रिक हर्कत देखाउन थालेका छ्न ।
आफ्ना विपक्षको भौतिक रूपमा सफाय गर्ने गुरिला रणनीति बोकेको  काभ्रेका प्रचण्ड -माधव समूहले आइतबार सङ्गठन बिस्तारको क्रममा चौरिदेउरालि गाउँपालिका पुगेका ओलि समर्थक नेकपाका नेताहरु बसेको घरमा र  चढेको गाडीमा बाइकमा गएर आतंककारी शैलीमा  तोडफोड  गरेको छ्न ।
उक्त हमलाबाट गाडी पुर्ण रूपमा क्षति ग्रस्त भएको छ ।

आउदो निर्वाचनमा आफ्नो हार  निश्चित भएपछि चुनाव हुन नदिन केहि दिन देखि  यता देशका विभिन्न भागहरुमा मार्चण्ड समूहले साङ्घातिक आक्रमण गराएर जनतालाई तर्साउनु थालेको छ र काभ्रेको चौरिदेउरालिमा भएको उक्त आक्रमणपनि सोही चुनाव हुन नदिने अराजक रणनीतिको उपज हो।

आउँदो  चुनाबमा जमानत नजोगिने भएपछि अत्तालियका आक्रमणकारीहरू साङ्घातिक आक्रमण गरेका हुन र आक्रमणकारीले अपराधको दण्ड पाउनु पर्छ भनेर नेकपा काभ्रेका नेता कन्चन अधिकारीले बताउनु भएको छ  र  कानूनी दायराबाट भाग्न पाउने छैनन भनेर काभ्रेलि जनतालाई बिश्वास समेत उहाँले दिलाउनु भएको छ।

थप