संकल्प मिडिया सेन्टरद्वारा संचालित

अमेरिकी भिसा लिन थप व्यवस्था : के-के नियम थपियाे ?

  •   वासिङटन
  •   २१ जेष्ठ २०७६, मंगलवार
  •   एजेन्सी

अमेरिकी भिसा लिन आवेदकले इमेल, फोन नम्बर र सामाजिक सञ्जालको विस्तृत विवरण पनि पेश गर्नुपर्नेछ।

नियम निकट भविष्यमै लागू गरिने नयाँ नियमअनुसार भिसा आवेदन दिँदा सामाजिक सञ्जालको नाम र पाँच वर्षयता प्रयोग गरिएका इमेल तथा फोन नम्बर पनि उपलब्ध गराउनुपर्ने हुन्छ। गतवर्षको मार्चमै यो नियम लागू गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको प्रस्ताव विवादमा परेको थियो।

यो वर्षदेखि भने यो नियम लागू गर्न ट्रम्प प्रशासन दृढ देखिएको छ। हाल यसमा आवेदकले हेर्ने गरेका साइटको नाम पनि उल्लेख गर्नुपर्ने बताइएको छ।

यो नियम लागू भएपछि वार्षिक रूपमा १ करोड ४७ लाख मानिस प्रभावित हुने अनुमान छ। अमेरिकामा हुने आपराधिक क्रियाकलाप रोक्न तथा अमेरिकी नागरिकको सुरक्षाका लागि यो नियम लागू गर्न लागिएको सरकारले बताएको छ।

कूटनीतिक तथा आधिकारिक भिसा आवेदकले भने इमेल, फोन नम्बर र सामाजिक सञ्जालको विस्तृत विवरण दिनुपर्ने छैन।