संकल्प मिडिया सेन्टरद्वारा संचालित

अमेरिकी दूतावास नजिक बम बिस्फोट

  •  
  •   ६ जेष्ठ २०७६, सोमबार
  •  

बग्दाद, ६ जेठ – इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावास नजिकको ग्रीन जोनमा आइतबार बिस्फोटको आवाज आएको छ । स्पुटनिक समाचार समितिका अनुसार बिस्फोटबाट कुनै क्षति भएको छैन ।
इराकी अधिकारीहरुले उक्त घटनाका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर, अमेरिकी दूतावास नजिकै ठूलो बिस्फोटको आवाज आएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । संयुक्तराज्य अमेरिकाले केही सरकारी कर्मचारीलाई इराक तत्काल छाड्न आदेश दिएको केही दिनभित्रै उक्त बिस्फोटको आवाज आएको हो । अमेरिकी विदेश मन्त्रालयले पनि आफ्ना नागरिकलाई इराक भ्रमण नगर्न अनुरोध गरेको छ ।
अमेरिकाले इराक समेत समग्र मध्यपूर्वमा आतङ्कवाद, अपहरण र सशस्त्र द्वन्द्वको अवस्था रहेको भन्दै अमेरिकी नागरिकलाई यस क्षेत्रको भ्रमण गर्दा सावधानी अपनाउन भनेको छ ।
रासस÷एएनआई