संकल्प मिडिया सेन्टरद्वारा संचालित

अमर्यादित शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन

  •  
  •   २७ बैशाख २०७६, शुक्रबार
  •  

सभामुख कृष्णबहादुर महराले शुक्रवारको बैठकमा २०७६/७७ को नीति तथा कार्यक्रम पारित गर्ने क्रममा मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका असंसदीय भाषा रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

यस अघि मंगलवार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शुरुको अभिब्यक्तीमै कुण्ठा युक्त र निम्सरा प्रश्नको जवाफको उत्तर दिन आवश्यक नभएको भनेपछि कांग्रेस नेताहरुले आपत्ती जनाएका थिए ।
कांग्रेस नेताहरुले सभामुख समक्ष प्रधानमन्त्रीले बोलेको कुरा गैर संसदीय भएको र रेकर्डबाट डिलिट गराउन माग गरेका थिए । तर सभामुख महराले सो गराउन उपयुक्त ठानेनन् र प्रधानमन्त्रीलाई आफ्नो भनाई अघि बढाउन आग्रह गरे र कांग्रेसको होहल्ला र विरोधका बावजुदनै नीति तथा कार्यक्रम पारित भयो ।
नीति तथा कार्यक्रम पारित भएपछि कांग्रेस नेताहरुले प्रधानमन्त्रीले बोलेका भाषा गैरसंसदीय हुँदा हुँदै पनि सभामुखले रोक्न नसकेको र संसदलाई मर्यादित बनाउन नसकेको भन्दै सभामुख महरा इतिहाँसकै काँतर र डरपोक भएको आरोप समेत लगाएका थिए ।
व्यापक विराेध भएपछि शुक्रबारको संसद बैठक सुरु हुने वित्तिकै सभामुख महराले मंगलवारको गल्ती सँच्याउँदै नीति तथा कार्यक्रम पारित भएको दिन प्रयोग भएका सबै असंसदीय शब्द हटाउन निर्देशन दिएका हुन् ।