संकल्प मिडिया सेन्टरद्वारा संचालित

अबको पार्टी सभापति कोइराला परिवारबाट नै हुने डा. शशांक कोइरालाको दावी

  •  
  •   ७ आश्विन २०७५, आईतवार
  •  

असोज ७ ,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको पार्टी सभापति कोइराला परिवारबाट नै हुने दावी गरेका छन् । कार्यकर्ताको माया र चाहनाअनुसार नै कोइराला परिवार सभापतिमा आउन लागेको उनले बताए । रुपन्देहीको बुटवलमा आइतबार आयोजित साक्षात्कारमा महामन्त्री कोइरालाले भने, ‘शेखर दा, म र सुजातामध्ये सभापतिमा एकजना सहमतिमै आउछौं ।’
देशभरका कांग्रेस नेता कार्यकर्ताको माया र चाहना कांग्रेस नेतृत्वमा कोइराला परिवार नै आओस् भन्ने रहेको आफूले देश दौडाहामा थाहा पाएको उनले सुनाए । कोइरालाले अब हुने महासमितिमा बैठकमा नयाँ विधान पारित गरिने समेत बताए । कम्तिमा आउँदो ३० वर्षका लागि विधान बनाउने उनले प्रष्ट पारे ।
चार वर्ष पछिको चुनाबमा कांग्रेस पहिलो श्रेणीमा पुग्ने उनको विश्वास छ । उनले पार्टी सभापतिको अधिकार पनि विकेन्दि्रत गर्नुपर्ने धारणा राखे । ‘कांग्रेस विवादमा अल्झने अवस्था छैन, अब नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘सभापतिको अधिकार पनि विकेन्द्रीकरण गर्नुपर्ने मेरो धारणा छ, तल्लो तहलाई पनि बलियो बनाउनुपर्छ, गाउँ र प्रदेशमा अधिकार दिनुपर्छ ।’