संकल्प मिडिया सेन्टरद्वारा संचालित

अप्राकृतिक मैथुन र जवरजस्ती करणी आरोपमा पक्राउ

  •  
  •   ३ बैशाख २०७६, मंगलवार
  •  

सिरहा– धनगढी नगरपालिकाका १० वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुखिपुर नगरपालिका ८ वस्ने २६ वर्षीय जो जो भन्ने कृष्ण मण्डल र सोही नगरपालिका ४ बस्ने २५ वर्षीय संजय श्रेष्ठ छन् । पाहुना बस्न आएका बालकलाई मण्डल र श्रेष्ठले सुखिपुर नगरपालिका ८ स्थित बाबुराम खोलामा लगेर मुख थुनी अप्राकृतिक मैथुन तथा मुख मैथुन गरेका थिए । उनीहरलाई मङ्गलबार ईलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यस्तै बाराको निजगढ नगरपालिका ३ बस्ने ७५ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँका ५० वर्षीय धनबहादुर बल तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
घरमा बसिरहेको अवस्थामा तामाङले ती महिलालाई आइतबार जबरजस्ती करणी गरेको भन्ने जानकारीपछि ईलाका प्रहरी कार्यालय निजगढको टोलीले तामाङलाई पक्राउ गरेको हो ।