त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपलब्धि, युसिएलजी एसपिएसी प्यासिफिकको उपाध्यक्ष पदमा अशोक ब्याञ्जु निर्विरोध निर्वाचित ।

  •  
  •   ३० भाद्र २०७५, शनिबार
  •  

धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु इण्डोनेशियामा भएको विश्वभरका नगरपालिकाहरुको छाता संगठन युसिएलजी एसपिएसी प्यासिफिकको सातौ अधिबेशनबाट उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।
भदौको दोश्रो साता मात्रै ब्याञ्जु नगरपालिकाहरुको अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । विश्वका ८० वटा नगरपालिकाहरु मध्ये धुलिखेल नगरपािलका उक्त सम्मेलनमा छनौटमा परेको थियो । नेपालका तर्फबाट ब्याञ्जुले उक्त सम्मेलनमा सहभागिता जनाएका थिए । विश्वका ६ देशको समर्थन पछि ब्याञ्जु उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए ।
गत शनिबार राति ब्याञ्जु इण्डोनेशियामा हुने युनाईटेड सिटीज एण्ड लोकल गर्भमेन्ट एसिया प्यासिफिकले आयोजना गरेको सम्मेलनमा भाग लिन गएका थिए । अध्यक्षमा इण्डोनेशियाको सुरबया नगरपालिका मेयर डा. त्रिसमहरायनी, उपाध्यक्षमा नेपालका तर्फबाट धुलिखेल नगरपालिका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु निर्वाचित भएका छन् । त्यस्तै भारतका रञ्जित चौहान, न्युजिल्याण्डका अध्यक्ष डेभा कल, चाईनाको कारब्लोङ्ग शहरका उपाध्यक्ष सङ्ग जिङ्गवयु र सेटपेन वाईटेन निर्वाचित भएका छन् ।
विश्वभरका नगरपालिकाहरुको विकास र सम्वृद्धका लागि उक्त संस्थाले योजना बनाउने र लगानी गर्नेछ । इण्डोनेशियाको सम्मेलन लगत्तै नगरपालिका संघका अध्यक्ष ब्याञ्जु दक्षिण कोरियाको सोलमा आयोजना हुने सातौ युयनडब्लुटिओ ग्लोबल समिट अन अर्वान टुरिजममा भाग लिन जानेछन् । पर्यटनमा समेत अगाडी बढिरहेको धुलिखेल नगरपालिका उक्त कार्यक्रममा छनौट हुन पुग्नुले धुलिखेलको पर्यटन विकासमा थप टेवा पुग्नु हो । इण्डोनेशिया र दक्षिण कोरियाको भ्रमण सकेर अध्यक्ष ब्याञ्जु असोजको पहिलो साता नेपाल फर्कने यात्रा तय भएको छ ।