त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

अनेरास्ववियू काभ्रेले प्रहरीका लागि माक्स, पन्जा र सेनिटाईजर हस्तान्तरण

  •   काठमाडौं
  •   १६ चैत्र २०७६, आईतवार
  •   त्रिबेणी

बनेपा । काभ्रेका प्रहरीका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले माक्स, पन्जा र सेनिटाईजर हस्तान्तरण गरेका छन् । आज आईतबार एउटा औपचारिक कार्यक्रम राख्दै युनियनले सो कार्यक्रम गरेको थियो । जसमा ४५० प्रति माक्स, ४०० प्रति पन्जा र ३ वटा सेनिटाइजर रहेको थियो ।

Image may contain: 1 person, standing
जिल्लामा लकडाउनको बेलामा दिन रात नभनि प्रत्येक क्षेत्रमा बसेका प्रहरीहरुलाई रोगबाट संक्रमण नहोस भन्ने उद्देश्यले विद्यार्थी युनियनले सो कार्य गरेको थियो अनेरास्ववियु जिल्लाका संयोजक उपेन्द्र शर्माले जानकारी दिए । विद्यार्थी नेता सुमन जैरुका अनुसार हाम्रालाई दिनरात नभनि सुरक्षा खटिएका प्रहरीको लागि हामीले केहि गर्न चाहेकाले यो सानो प्रयास रहेको बताएका छन् ।

यस्ता दुःखको समयमा प्रहरीका लागि केहि गर्ने संस्थाप्रति साह्रै नै खुसी लाग्ने ईलाका प्रहरी कार्यलय बनेपाका प्रहरी प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिमिल्सिनाले बताएका छन् । उनका अनुसार हाम्रो सेवा जनताकै लागि हाम्रो कोहिसँग व्यक्तिगत रिस होइन त्यसकारण हामीले गरेको सेवामा साथ दिन अनुरोध समेत गर्नुभएको छ ।