संकल्प मिडिया सेन्टरद्वारा संचालित

अनेमसंघ पाँचखाल नगर भेला सम्पन्न, अधिकारीको नेतृत्वमा ५१ सदस्य कमिटी गठन ।

  •   काठमाडौं
  •   १९ आश्विन २०७८, मंगलवार
  •   त्रिबेणी

अनेमसंघ काभ्रेले संगठन बिस्तार र संगठन पुनर्गठन कार्ललाई तिब्रता दिएको छ । नेकपा एमाले यतिबेला संगठन सुदृढीकरण अभियान संचालन गरिरहेको समयमा अनेम संघले पनि वडा र पालिका स्तरीय भेलाहरु भव्यताका साथ संचालन भइहरेको छ ।

मंगलबार नै अनेम संघ पाँचखाल नगर कमिटीको आयोजनामा नगर स्तरीय भेला सम्पन्न गरेको छ ।
नेकपा एमाले केन्द्रिय सदस्य तथा काभ्रे इन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले सरस्वती दाहाल अधिकारीको अध्यक्षतामा ५१ सदस्य नयाँ नगर कमिटी समेर गठन गरेको छ । जसमा उपाध्यक्ष – कमला श्रेष्ठ ,सीता तामाङ, सचिब- सम्झना मिजार, सहसचिब -बिमला तिमल्सिना ,रोजिना तामाङ , कोषाध्यक्ष – ममता दनुवार लगाएत रहेको नेतृ पबित्रा भुर्तेलले बताउनु भयो ।

कार्यक्रममा अनेमसंघ नेत्तृ तथा पुर्व प्रदेश मन्त्री सरस्वती बस्नेत, एमाले बाग्मती प्रदेश सदस्य तथा अनेम संघ केन्द्रिय सदस्य बिमला शर्मा,  प्रदेश संसद गोमा भुर्तेल, नेतृ अम्भुभवानी कार्की ,मन्जु गौतम, बिमला शर्मा, सुभद्रा अधिकारी, भक्त कुमारी लामा, एमाले काभ्रेका नेता कन्चन अधिकारी, पबित्रा भुर्तेल, अनेम संघ काभ्रे अध्यक्ष कमला काफ्ले लगायत जिल्ला तथा स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।