संकल्प मिडिया सेन्टरद्वारा संचालित

अछाममा बिप्लवका ११ जना नेता कार्यकर्ता पक्राउ

  •  
  •   २ जेष्ठ २०७६, बिहीबार
  •  

अछाम प्रहरीले हालसम्म जिल्लामा ११ जना विप्लब समूहका नेता कार्यकर्तालाई पक्राउ गरेको छ । सरकारले विप्लव समूहलाई प्रतिबन्ध गरेपछि अछाम जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले ११ जनालाई पक्राउ गरी अदालतमा मुद्धा दायर गरेको छ ।
जनवर्गीय संगठनका केन्द्रीय अध्यक्ष, केन्द्रीय सदस्य , जिल्ला सदस्य तथा अन्य नेता कार्यकर्ताहरुलाई पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ । प्रहरीले गत फागुन ११ गतेदेखि २०७६ बैशाख २८ गतेको अवधिमा ती व्यक्तिलाई पक्राउ गरेको अछामका प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहीले बताउनु भयो । प्रहरीले सल्यान जिल्ला दार्मा गाउँपालिका २ का ४८ बर्षका अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष तथा केन्द्रीय सदस्य बन्धु चन्द, रामारोशन गाउँपालिका ३ का २२ बर्षका जिल्ला कमिटि सदस्य सुरेश साउँद, रामारोशन गाउँपालिका वडा नम्बर ६ का २४ बर्षका गुमानसिंह साउँद, पञ्चदेवल विनायक नगरपालिका २ का २१ बर्षीय जिल्ला कमिटि सदस्य सुरेश रावत, सोही ठाउँका बर्ष १९ की अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष भूमिसरा धामीलाई पक्राउ गरेको छ ।
यसैगरी ढकारी गाउँपालिका ६ का २१ बर्षीय कलाकार दिपक विक, ढकारी ४ का ३६ बर्षीय जिल्ला कमिटि सदस्य लक्ष्मी राज साउँद, छायानाथ रारा नगरपालिका १२ का बर्ष २० का आदर्श बुढा, मंगलसैन ११ का बर्ष ३५ का जिल्ला सदस्य तथा युवा संगठन ईन्चार्ज पूर्ण बहादुर भण्डारी, तुर्माखाँद गाउँपालिका ८ का बर्ष ४१ का गाउँ कमिटि अध्यक्ष नवराज धमाला र सोही ठाउाका बर्ष ३२ का गाउँकमिटि सदस्य दिल्ली विकलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई शान्ति सुरक्षामा खलल पारेको, राज्य विरुद्धको कसुर, ज्यान मार्ने उद्योग लगायतको कसुरमा पक्राउ गरि कारबाही अघि बढाईएको डिएसपी शाहीको भनाई छ । पक्राउ परेका ११ जना मध्ये ७ जना हाल हिरासतमा रहेका र ४ जना साधारण तारेखमा छुटेका प्रहरीले जनाएको छ ।