संकल्प मिडिया सेन्टरद्वारा संचालित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे नियुक्त ।

  •  
  •   ४ आश्विन २०७५, बिहीबार
  •  

४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे नियुक्त भएका छन् । घिमिरे यसअघि आयोगको कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारीमा थिए । उनले प्रमुख आयुक्तको सपथ तथा पदभार ग्रहण गरेका छन् ।
संसदीय सुनुवार्इ विशेष समितिले बिहीबार दिउँसो मात्र घिमिरेसँग सुनुवार्इ गरेको थियो । विशेष समितिको सुुनुवाई पछि सर्वसम्मतले अनुमोदन भएका घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियारको प्रमुख आयुक्तमा नियुक्त गर्नु भएको छ ।
नियुक्ति गरे लगतै साँझ शीतल निवासमा भएको सपथ ग्रहण कार्यक्रममा घिमिरेलाई प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पद तथा गोपनीयताको शपथ गराएका थिए । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।
संविधानको धारा २३८ को उपधारा (२) बमोजिम घिमिरे प्रमुख आयुक्त पदमा नियुक्त भएका हुन् । बिहीबार साँझ घिमिरेले पदभार ग्रहण गरेका छन् ।